लहान । छिमेकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक युवकलाई ६ महिनापछि सिरहा प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्त सिरहा नगरपालिका– ३ निवासी २३ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालार्ई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको सिरहा प्रहरीले जनाएको छ । गत साल माघ २५ गते जबर्जस्ती करणी गरी फरार भएका शर्मालाई खोजतलास गर्ने क्रममा सोमबार बिहान पक्राउ गरी आवश्यक कारवाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् ।
सोमबार जिल्ला अदालतमा आत्मसमर्पण गरेका शर्माले आफुले आत्मसमर्पण गरेको नभई अदालतको सम्मान गरेर आफै आएको बताए। उनले भने, ‘जुन विधिबाट तपाईहरुले जसरी फरार भनेर सम्बोधन गर्नु भो। मैले अदालतलाई सम्मान गरेर आएको हुँ। आफै उपस्थित भएर निवेदन दिएको छु। मैले आत्मसमर्पण गरेको हैन। अदालतको सम्मान गरेर आएको हुँ।’
सोमबार अदालतले राज्यमन्त्री शर्माको बयान लिएर साधारण तारेखमा छाडेको छ







