काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालमा तस्करी भएको बताएका छन्।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुबार्इकाे दुवही रहेको पनि छानबीनबाट पत्ता लगाइएको बताए । उनका अनुसार ३३ किलो सुन तस्करीका लागि गठित छानबीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछाकाे नाम प्रतिवेदनमा उल्लेख भएकाेले उनीहरुलार्इ पनि छानबीनको दायरामा ल्याएको दाबी गरे ।

मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको बताए । गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दावी पनि गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार