केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) विरुद्ध फेरि उजुरी परेको छ। दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा ओली र प्रचण्ड नेतृत्वको ने.क.पा. विरुद्ध उजुरी गरेको हो ।
अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित नेकपाको कार्यालयविरुद्ध आयोगमा उजुरी सरहको निवेदन दर्ता गराएको कट्टेलले जानकारी दिए ।
तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने।क।पा। राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, गैह्रकानुनी र दुर्नियतपूर्ण काम गरेको बताउँदै आएका छन् । सत्तासिन दलको कामलाई प्रोत्साहन हुने गरी सञ्चार माध्यमले पनि समाचार सम्प्रेषण गरिरहेको गुनासो कट्टेलको गुनासो छ । कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा २०७० साउन २२ गते दर्ता भएको छ । तर, ओली, प्रचण्ड नेतृत्वको ने।क।पा। पनि निर्वाचन आयोगमा २०७५ जेठ २३ गते दर्ता भएको छ ।
‘बोलिचालिको भाषामा कोष्ट भित्रको ‘ने’ थोप्लो ‘क’ थोप्लो ‘पा’ थोप्लो भनी उच्चारण नगरुन्जेलसम्म दुवै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा एउटै पार्टी बुझिन्छ आम जनमानसको बुझाई पनि त्यही छ । संचार जगत पनि त्यस्तै भाषाको भ्रममा छ,’ कट्टेलले निवेदनमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी भनेर विपक्षीहरुले खोलेको नेपाल कम्पुनिष्ट पार्टी ९ने।क।पा।० अर्थात नेपाल कम्युनिष्ट पार्टी नेकपा भनेर बुझिने भएबाट म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को वैधानिकता माथि नै हमला भएको छ ।’







