
नेकपाका प्रवक्ता प्रकाण्डकाे गिरफ्तारीकाे विराेध र रिहाइकाे माग गर्दै नेकपा निकट दलित मुक्ति माेर्चा नेपाल, क्रान्तिकारी माअाेवादी निकट नेपाल दलित मुक्ति माेर्चा र अाहुती पार्टी निकट दलित विभागले संयुक्त प्रेस विज्ञेप्ती जारी गरेका छन् ।
नेकपा निकट दलित मुक्ति माेर्चा नेपालका अध्यक्ष डम्बर नेपाली, क्रान्तिकारी माअाेवादी निकट नेपाल दलित मुक्ति माेर्चाका प्रतिनिधि राम नेपाली र विश्वभक्त दुलाल अाहुती निकट दलित विभागका राजकुमार हिङमाङद्धारा संयुक्त विज्ञेप्तीमा प्रकाण्डकाे गिरफ्तारी अाेली सरकारकाे फासिवाद दमनकाे पराकाष्ठा भनिएकाे छ ।
प्रकाण्ड नेकपाकाे नेता हुनुका साथै दलि मुक्ति अान्दाेलनका पनि एक अगुवा नेता भएकाे भन्दै संयुक्त दलित मुक्ति घटकले हिरासतमा रहेका नेता प्रकाण्डलार्इ अविलम्ब रिहा गर्न सरकारसँग अाग्रह समेत गरिएकाे छ ।
अाेली सरकारले संवादकाे बाटाे नसमार्इ दमनकाे बाटाे अख्तियार गरेकाे भन्दै दलित अान्दाेलनका अगुवाहरूले अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग अाग्रह समेत गरेका छन् ।
प्रेस विज्ञेप्ती –








