शिमला । भारत हिमाचल प्रदेशका सात जिल्लामा विगत दुई दिने देखि भारी वर्षा भइरहेको छ । सोलान, मांडी, कांगडा , धर्मसाला, हमिरपुर, बिलासपुर र इवामा अत्याधिक वर्षा भएको छ । लगातारको वर्षाको कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन । सोलन जिल्लामा ८ जनाको मृत्यु भएको छ भने कांगडामा मंगलबार बिहान ५ वर्षिय बालिकाको डुबेर मृत्यु भएको श्रीनगर प्रहरीले जनाएको छ । अहिलेसम्म सोलन ८ ,मार्केट ४ ,कांगडा ३ ,हमीरपुर २ ,बिलासपुर १ ,उना १ गरि १९ जनाको मृत्यु भएको छ । अर्कोतर्फ, जम्मू र कश्मीरमा वर्षा र खराब मौसमको कारण दोस्रो दिनको लागि आज पनि अमरनाथ यात्रा रोकिएको जनाइएको छ । मौसम विज्ञान विभागले हिमाचल राज्यमा १७ अगस्त सम्म भारी वर्षाको पूर्वानुमान गरेको छ। हिमाचल शिमला, कांग्रा र सोलनमा अहिले विद्यालयहरू भारी वर्षाको कारण बन्द भएको छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार