बुधबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई भेट्न नेताहरू हिरासतमा पुग्ने गरेका छन् ।
तत्कालीन माओवादी पार्टीका नेतादेखि नेपाल कम्युनिस्ट पार्टीका नेताहरू प्रकाण्डलाई भेट्न हिरासत पुगेका हुन्।
आइतबार दिउँसो हिरासतमा रहेका विकलाई भेट्न पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई समेत पुगेका छन्। नेता भट्टराईले परिसरको हिरासतमा पुगेर करिब ३० मिनेट जति कुराकानी गरेका थिए।
यो भेटले उनीहरुबीचको कनेक्सन के हो भनेर धेरैले प्रश्न गरेका छन् ।janaboli







