कांग्रेस सांसद संग्रौला मागिन ,भक्तपुर ‘इन्काउन्टरको ‘प्रमाण गृहमन्त्री थापा संग ! ‘प्रमाण नष्ट पार्ने काम गरेको आरोप ! नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सभामुख मार्फत गृहमन्त्रीलार्इ प्रश्न गरेकी छन। उनले भक्तपुरमा भएको इन्काउन्टरको तथयपरक जवाफ माग गरेकी हुन्।
आजको प्रतिनिधि सभाको शून्य समयमा संग्रौलाले भनिन्,‘इन्काउन्टरको जवाफ गृहमन्त्रीले दिनुपर्छ, प्रमाण नष्ट पार्ने काम किन भयोरु’
११ वर्षीय निसान खड्काको अपहरणपछि हत्या भएको घटनामा दुई जना अपहरणकारी गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर भएको भनिएपनि उक्त घटना शंकास्पद भएको प्रश्न उठ्दै आएको छ।
सोही विषयमा गृहमन्त्री रामबहादुर थापासँग सांसद संग्रौलाले जवाफ मागेकी हुन्। nepalpana







