छिमेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका एक युवकलाई ६ महिनापछि सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।
अभियुक्त सिरहा नगरपालिका– ३ निवासी २३ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको सिरहा प्रहरीले जनाएको छ ।

गत साल माघ २५ गते जबरजस्ती करणी गरी फरार भएका शर्मालाई खोजतलास गर्ने क्रममा सोमबार बिहान पक्राउ गरी आवश्यक कारवाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

बलात्कारी अब जेलमै सड्ने, कांग्रेसका सांसदको दबाबपछि बन्दैछ यस्तो कडा कानून !
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट शासनमा एकपछि अर्काे बलात्कारका घटना भएपछि कांग्रेसले सुरक्षाको प्रत्याभूति गराउन अर्काे विरोध गरेको थियो । कांग्रेसका महिला सांसदले संसदमै कडा शब्दमा सरकारको आलोचना गरेका थिए ।

जसले प्रतिफल सरकारले बलात्कारका दोषीलाई कडा कारवाही गर्ने कानून बनाउन सुरु गरेको छ । सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ ।

बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुुगी छलफलमा रहेको महिला, बालबालिका तथा समाजक कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिइन् ।

समाजमा महिला र बालिकामाथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन काराबास सजायको व्यवस्थासहित कानून संशोधन गर्न लागेको उनले बताइन् ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारे जानकारी दिँदै १० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन काराबास हुने गरी कानूनमा संशोधन गर्न लागेको बताइन् ।

समितिको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदले बलात्कारीलाई कडाभन्दा कडा कानून ल्याई सजाय गर्न माग गर्ने व्यवस्था गर्न सरकारलाई सुुझाव दिएकी थिइन् । बैठकमा अधिकांश सांसदले समाजमा महिला र बालिका असुरक्षित बन्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

बालिकामाथि बलात्कार र बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनाएको उल्लेख गर्दै महिला सांसदहरुले बलात्कार नियन्त्रण गर्न बलात्कारीको लिंग छेद्न गर्ने, फाँसी दिने वा आजीवन काराबास गर्ने जनदबाब आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले कडा सजाय र कानूनले मात्र बलात्कारका घटना रोकिन गाह्रो हुने बताउँदै बलात्कार घटना रोक्न नागरिकस्तरमा जनचेतना बढाउनुपर्ने तथा स्थानीय सरकार बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।

बलात्कारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन भएमा समाजमा विकृति फैलाउने घटना नियन्त्रणमा आउन सक्ने विश्वास व्यक्त गरे । सांसद गंगा चौधरी, पवित्र निरौला, लक्ष्मी परियार, विमला विश्वकर्मा, विमला नेपाली, कलिला खातुनलगायतले बलात्कारीलाई कठोर दण्ड सजायको व्यवस्था गर्नका साथै आजीवन जेल चलान गर्नुपर्ने माग गरे ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको भावी कार्ययोजनाका सम्बन्धमा पनि छलफल भएको थियो । सो अवसरमा सांसदले समाजमा महिलाविरुद्ध हिंसाको घटना बढीरहँदा महिला मन्त्रालय र महिला आयोगले सोचेअनुरुप प्रभावकारी रुपमा काम गर्न नसकेको गुणासो गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार