
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले पार्टी केन्द्रीय सदस्यद्धय किरण रार्इ र दीपेश रार्इसहित चार जनाकाे गिरफ्तारकाे कडा शव्दमा भर्त्सना गर्नुकाे साथै तत्काल बिनाशर्त रिहा गर्न सरकारलार्इ चेतावनी दिएका छन् ।
हिजाे मध्यराती उनीहरूलार्इ प्रहरीले गिरफ्तार गरेकाे थियाे । नेकपा कोशी ब्यराे इन्चार्ज किरण राई र सगरमाथा ब्युरो इन्चार्ज दिपेश राईसहित युवा नेताहरु चन्द्र बुढाथोकी, राकेश किरणलाई गिरफ्तारीको निन्दा तथा भत्र्सना गर्दै विरहीले यस्ताे विज्ञेप्ती निकालेका हुन् ।
बुधबार प्रेस विज्ञेप्ती जारी गरेर विज्ञप्तिमा भनिएको छ, ‘प्रतिक्रियावादी तानाशाही सरकारले राज्य आतंक ज्यादतीलाई तीव्र पार्दै लगेको छ । त्यसक्रममा साउन २९ गते साँझ ८ बजे धरानस्थित निवासबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, कोशी इन्चार्ज किरण राई, युवा नेताहरु चन्द्र बुढाथोकी, राकेशकिरण जीलाई डकैती शैलीमा गिरफ्तार गरी बेपत्ता पारेको छ । उहाँहरुलाई अज्ञात राखिएको छ । यो हर्कतले दलाल सरकार देशलाई गृहयुद्धतिर ढकल्दैछ भन्ने प्रष्ट भएको छ ।’
‘हाम्रो पार्टी सरकारको यस प्रकारको ज्यादती र गैरन्यायीक गिरफ्तारीको निन्दा तथा भत्र्सना गर्दछ । क्रान्तिको बाटो गतिशिल हुुन्छ । जितहार र चुनौती आइरहन्छ । त्यसकारण धैर्यता दृढतापर्वक आफ्नो–आफ्नो मोर्चामा पहल कदमी लिन पार्टी सबै नेताकार्यकर्तामा अनुरोध गर्दछ । प्रेस आतंक र गृहयुद्ध उन्मुख सरकारी कदमको विरुद्ध प्रतिरोध गर्न अपिल समेत गर्दछ ।’ विज्ञेप्तीमा उल्लेख छ ।
सरकार प्रेस आतंक र गृहयुद्ध उन्मुख सरकारी कदमको विरुद्ध प्रतिरोध गर्न पाेलिटव्युराे सदस्य विरहीले सबैमा अपिल समेत गरेका छन् ।








