काठमाडौँ । मलेसियामा सुरक्षागार्डको काम गर्ने दुई नेपालीलाई जेल सजाय सुनाइएको छ । उनीहरुले प्रहरीलाई घूस बुझाएको अभियोगमा १० हजार रिंगिट जरिवानाको साथै १ महिनाको जेल सजाय तोकिएको हो।
सत्यनारायण चौधरी र कन्हैयालाल दास पेनांगस्थित सेसन कोर्टले उक्त सजाय सुनाएको स्रोतले जनाएको छ । सूचनाअनुसार उनीहरुले मोटरसाइकलमा यात्रा गर्दा प्रहरीलाई १५० रिंगिट घूस अफर गरेका र गल्ती स्वीकार गरेका छन् ।







