गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताए लगत्तै प्रहरीले मगंलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवैध सुनसहित दुइजनालार्इ प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको मंगलबार बैठकमा उनले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गरेका थिए ।

तर गृहमन्त्री थापाले उक्त जानकारी गराए लगत्तै प्रहरीले सिरहा कल्याणपुर नगरपालिका ३ बस्ने सन्तोष कुमार चौधरी र सिरहा अर्नमा गाउँपालिका ५ घर भएका रामबृक्ष यादवलार्इ अवैध सुनसहित प्रकाउ गरेपछि झुठ बोलेको खुलासा भएको हो ।

प्रहरीले उनीहरुलार्इ बिमानस्थलको कार पार्किङ एरियाबाट पक्राउ गरेको हो । बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छल्न गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेका ती २ जनालाई २ सय ४९ ग्राम सुनका वाला सहित प्रहरीले पक्राउ गरेको हो ।

साथै गृहमन्त्री थापाले दुवईबाट तीन वर्षको अवधिमा एउटा समूहले मात्रै चार हजार क्विन्टल सुन तस्करी गरेको छानबिनबाट थाहा भएको बताएका थिए।
गृहमन्त्री थापाले यहाँ आउने सुनको १० प्रतिशत मात्र नेपालमा खपत हुने र बाँकी भारत जाने गरेको अनुसन्धानबाट खुलेको बताएका थिए।
nepalpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार