रहरी बरिष्ठ उपरिक्षक एसएसपीहरुको सरुवा निकाल्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । एसएसपीहरुको सरुवा निकाल्ने अन्तिम तयारीका लागि प्रहरी प्रधान कार्यालयमा सरुवा समितिको बैठक चलिरहेको स्रोतले बताएकने छ।

स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख रहेका विश्व राज पोखरेलको सरुवा हुँदैछ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी बसन्त लामालाई पठाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेकाे छ ।

काठमाडौं प्रहरी प्रमुख बनेपछि निकै विवादित बनेका पोखरेलमाथि छानबीन गर्नका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालयमा समिति नै बनेको थियो ।

‘आजै बेलुका सम्म सरुवा निस्कने छ । सरुवाको अन्तिम नामावली तयार पार्ने कार्य हुँदैछ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । nepalpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार