काठमाडौँ । प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि उठाएका विभिन्न माग कार्यन्वयनको चरणमा रहेको बेला फेरि अर्को माग अघि सारेका छन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्ने माग अघि सारेका हुन्। उनले दलीय सोच, झुकाव तथा तवफादारी र भागवण्डाका आधारमा नियुक्ति गर्ने चलखेल भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले कार्यकारी निर्देशकका लागि वरिष्ठताका आधारमा तीन जनाको नाम सिफारिस गर्न र उनीहरुमध्ये एकलाई नियुक्त गर्न माग गरेका छन् । डा। केसीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कनिष्ठ तथा पार्टी कार्यकर्तालाई पदाधिकारी नियुक्त गर्ने काम भयो भने हामीलाई स्वीकार्य हुने छैन ।’
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा। दीपक महरा पदमुक्त भएपछि हाल उक्त पद रिक्त छ ।







