
प्रचण्डका तत्कालीन राजनीतिक सल्लाहकार नरेन्द्रजंग पिटरले नेकपाका प्रवक्ता प्रकाण्डप्रति सरकारले गरेकाे व्यवहार अराजनीतिक भएकाे भन्दै त्यसले सरकारलार्इ ठूलाे प्रत्युत्पादक हुने बताएका छन् ।
हाल स्वतन्त्र राजनीतिक विश्लेषक समेत रहेका पिटरले सरकारले राजनीतिक पार्टीका नेताहरूप्रति राजनीतिक व्यवहार गर्नुपर्ने बताएका छन् ।
हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिदै वामपन्थी विश्लषक पिटरले नेपालका सबै पार्टीहरू चन्दाबाट चलेकाे भन्दै चन्दा अातंक चलाएकाे भन्दै नेकपा प्रवक्ता प्रकाण्डलार्इ गिरफ्तार गरेर दिएकाे यातना अनैतिक र असाेभनिय रहेकाे बताए ।
‘राजनीतिक पार्टीका नेतृत्वप्रति सरकारले राजनीतिक व्यवहार गर्नुपर्छ ।’ पिटरले चन्दा अातंबारे भनेका छन्, ‘कुन पार्टी चन्दा नउठाएर चलेकाे छ ?’
रामबहादुर थापा बादलले हिजाेका सहकर्मी क्रान्तिकारीहरूमाथि मच्चाएकाे दमनकाे शृंखला देशी विदेशी शक्ति केन्द्रकाे निर्देशनमा हुन सक्ने विश्लेषक पिटरकाे भनार्इ छ ।
‘बादलकाे काँधमा बन्दुक राखेर जनयुद्धकाे मूल्य मान्यतामाथि अाक्रमण गरिदैछ ।’ पिटरले भने, ‘अहिले देशव्यापी चलिरहेकाे दमनकाे श्रृंखलामा बादल निमित्त पात्र बन्दैेछन् ।’
प्रचण्ड र बादलहरू प्रतिक्रियावादी वर्गकाे कित्तामा गएकाे भन्दै धेरैले अनाैठाे मान्न थालेका छन् ।







