ओखलढुंगा । सरकारले अस्वभाविक रुपमा करको दायरा बढाएको भन्दै तुरुन्त फिर्ता लिन क्रन्तिकारी माओवादीले चेतावनी दिएको छ ।

क्रन्तिकारी माओवादीको ओखलढुंगा र सोलुखुम्बु जिल्ला कमिटिले बुधबार ओखलढुंगामा संयुक्त विज्ञप्ती जारी गर्दै तत्कालै कर वृद्धि फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

सरकारले जनताको ढाँड सेकिनेगरी कर वृद्धि गरेको भन्दै यो निणर्य तत्काल फिर्ता गर्नुपर्ने जनाएको छ । अस्वभाविक कर वृद्धिले सर्वधारण जनता प्रत्यक्ष मारमा परेको भन्दै यसको बिरोधका लागी कर्मचारी,शिक्षक,बुद्धिजिवी,मजदुर तथा सर्वसाधारणलाई आह्वान समेत गरेको छ ।

क्रन्तिकारी माओवादीका ओखलढुंगा जिल्ला सेक्रेटरी रुद्र फुयालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा समाजमा भैरहेका हत्या,हिसां,बलात्कार जन्य जघन्य अपराध नियन्त्रण गरी नागरीकको सुरक्षाको प्रत्याभुती गराउन सरकारसंग माग समेत गरेको छ । यदि यस बिषयमा सरकार गम्भिर नभए सिंगो पार्टि नै सामाजिक अपराधका बिरुद्ध परिचालित हुने समेत चेतावनी दिएको छ ।

विज्ञप्तीमा दैनिक उपभोग्य बस्तुमा मुल्य वृद्धि हुदाँ कालाबजारी बढेको र विकाश निमार्णका काममा भ्रष्टचार बढेको भन्दै छानबिन गरी दोसीलाई कारबाही गर्न माग गरेका छन् । साथै आगामी असोज २१ र २२ गते ओखलढुंगा–सोलुखुम्बु संयुक्त जिल्ला संगठन समितिको जिल्ला सम्मेल गर्ने निर्णय पनि गरेका छन् । news24nepal

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार