काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता माधवकुमार गजुरेलले नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँग हात मिलाएका छन्।
नुवाकोट स्थायी घर भएका पूर्वएमालेका युवा नेता गजुरेलले पार्टी छाडेर नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका हुन् ।

गजुरेललाई नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले आफ्नो दलमा भित्र्याएका छन् ।पूर्वएमाले हुँदै नेपाल कम्युनिस्ट पार्टीकानेता भएका थिए।

गजुरेलले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डकाे एकलाैटी निर्णय र गलत क्रियाकलापकाे कारण पार्टी परित्याग गरेकाे बताए।

प्रचण्डले हटाएका सीईओलाई ओलीले भित्र्याए

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रचण्ड नेतृत्वकाे सरकारले हटाएका पूर्वएमाले निकटका सुशील ज्ञवालीलाई पुनः नियुक्त गरेको छ ।

ओली सरकारले प्राधिकरणको सीईओमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । ओलीले नै यसअघि ज्ञवालीलाई प्राधिकरणको सीईओ बनाएका थिए । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ज्ञवालीलाई हटाएर नेपाली कांग्रेस निकटका डा.गोविन्दराज पोखरेललाई नियुक्त गरेको थियो ।
शुरुमा पोखरेल सीईओ भएपनि ओलीले उनलाई हटाएर ज्ञवालीलाई ल्याएका हुन् ।

प्रतिनिधि सभाका बेला डपोखरेलले राजीनामा दिएपछि रिक्त रहेको सीईओ पदमा कांग्रेस निकटका पूर्वप्रशासक युवराज भुसाललाई नियुक्त गरिएको थियो । भुसाललाई पनि ओलीले हटाइदिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार