काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका ४ जना डिआईजी र २७ जना (प्रहरी बरिष्ठ उपरिक्षक) एसएसपीहरुको सरुवा गरेको छ। बुधबार साँझ मन्त्रालयले चार जना डिआईजीका साथै २७ जना एसएसपीको सरुवा गरेको हो ।
डिआईजी धिरु बस्न्यातलाई अपराध अनुसन्धान विभाग अ.नि. ब्यूरोबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा सरुवा गरिएको छ। प्रदेश प्रहरी कार्यालय प्रदेश नं ६ सुर्खेतमा कार्यरत डिआईजी सुरेशविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सरुवा गरिएको छ।
त्यस्तै प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा कार्यरत महेश विक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं ६ सुर्खेतमा सरुवा गरिएको छ। यस्तै डिआईजी सुरज केसीलार्इ प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नं ७ दिपायल सरुवा गरिएको छ ।







