एजेन्सी। क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि) माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । क्षयरोग मुख्यतया फोक्सोको रोग भएतापनि शरिरका अन्य अ्र्ग जस्तै हाड , मस्तिष्क , आन्द्रा लगायतका भागमा पनि यसले संक्रमित गर्न सक्छ ।
क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन् ।
क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको सरिरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिना देखि एक वर्ष सम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् ।
यो अवस्थामा निम्न लक्षणहरु देखिन थाल्छन्
१ . लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने
२ . सरिरको वजन घट्ने
३ . फोक्सोमा पीडा महसुस हुने ज्वरो आउने आदि ।
यदी सहि उपचार नभएमा रोगीको मृत्यु हुन सक्छ ।
क्षयरोगबाट को को खतरामा छन् त ?
१. केटाकेटी किशोर किशोरी र वयस्क जो सुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् ।
२. रोगी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार
३. धेरै भिडभाड र रोगसंक्रमित क्षेत्रका बासिन्दा
४. अल्कोहल लगायतका मध्यपान र धुम्रपानको कुलतमा लागेका हरु र बढि धुलो धुवामा बस्नेहरु
५. एड्स रोगी जसको रोगप्रतिरोधात्मक क्षमता हुदैन
रोगबाट बच्न के गर्ने ?
१. धुम्रपान मध्यपान नगर्ने
२. बालबालिकाहरुलाइ उचित समयामा बिसिजि को खोप लगाउने
३. रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने
४. हाछ्युँ गर्दा र खोक्दा मुख छोप्ने
उपचार र नियन्त्रण
१. यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ
२. यो रोग लागि सकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ (Chemotherapy)।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक एक सेकेण्डमा एक जना मानिसलाई क्षयरोगले संक्रमित गर्ने गरेको छ । विश्वका एक तिहाइ मानिस क्षयरोगबाट संक्रमित छन् । यद्यपि असाध्य र महारोग मानिएको क्षयरोगको उपचार सहज बन्दै गएकोले यो रोगबाट प्रभावित हुने र ज्यान गुमाउनेको संख्या कम भएको छ । तरपनि नेपालको केही ग्रामिण क्षेत्रमा व्याप्त रोग र रोगीप्रतिको नकारात्मक सोच र लापरवाहीले गर्दा रोगीले अनाहकमा ज्यान गुमाउनुपरेको तितो यथार्थ रहेको छ । तसर्थ क्षयरोगबारे पुर्ण जनचेतनाको खाँचो छ ।







