नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य शुरु भएको छ ।

पूर्व प्रचण्ड नेतृत्वको माओवादीबाट असन्तुष्ट भर्इ छुट्टिएर नेता किराँतीले पुनर्गठित नेकपा माओवादी पार्टी बनाएका थिए। स्रोतका अनुसार दुबैपार्टीका नेताहरुले सरकारको गलत रवैया विरुद्ध आवाज उठाउन र एकताका लागि विभिन्न चरणमा वार्ता तथा संवादसमेत गरेका छन् ।

पुनर्गठित माओवादीको नेतृत्व गरेका किराँतीले एकताको लागि वार्ता भएको र निकट भविष्यमा एकता हुन सक्ने बताए । नेता किराँतीले छिट्टै पोलिटब्यूरोको बैठक बसेर औपचारिक रुपमा एकताको पहल सुरु गर्ने बताए ।

तत्कालिन माओवादी केन्द्रले फागुन १० गते किराँतीलाई पार्टीबाट निस्काशन गरेको थियो । त्यसपछि उनी माओवादी केन्द्रलाई पुनर्गठन गर्ने अभियानमा जोडिएका थिए ।

साउन २२ गते राति विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चन्दा असुलीको आरोपमा प्रक्राउ परेपछि सो पार्टी अहिले चर्चामा छ । यद्यपी सो पार्टीका महासचिव विप्लवको कपिलवस्तुस्थित निवासमा प्रहरीले वारेण्ट पूर्जी टाँसेपछि उनी भूमिगत छन् ।

तर पनि एकीकृत जनक्रान्तिको मिसन बोेकोको विप्लव नेतृत्को नेकपा र समाजवादी क्रान्तिको मिसन बोकेको पुनर्गठित माओवादी केन्द्रबीच एकताको गृहकार्य भएको हो । nepalpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार