संसदवादमा डुबुल्की मारेर सहिदकाे सपनामाथि गद्धारी गरेकाे भन्दै रामेछापमा स्थानीयहरूकाे सहभागितामा विप्लव नेकपा कार्यकर्ताहरूले प्रचण्डलार्इ कालाे झण्डा देखाएका छन् ।

अाजैका दिन अर्थात् साउन ३१ गते १६ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन दाेरम्बा पुगेका प्रचण्डलार्इ नेकपाका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । नेकपाले दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन प्रचण्डलार्इ कुनै अधिकार नभएको भन्दै नेकपाका कार्यकार्ताले कालो झण्ड देखाएर नारावाजी गरेका गरेका थिए ।

रामेछाप जिल्ला जनपरिषदका प्रमुख विवेक लामाले जानकारीअनुसार विप्लव नेकपाका कार्यकर्ताहरूले स्थानीय जनताकाे सहभागितमा यस्ताे विराेध कार्यक्रम गरेका हुन् । ‘सहिदको अपमान गर्न पाइदैन ! राजनीतिक दलाल प्रचण्ड — मुर्दावाद !, एकीकृत जनक्रान्ति — जिन्दावाद !, वैज्ञानिक समाजवाद — जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी — जिन्दावाद !, वीर सहिद — लाल सलाम ! जस्ता नारा लगाउँदै कालो झण्डा देखाएका छन् ।

दाेरम्भास्थित उक्त सहिद स्मारक पार्कमा प्रचण्डका कार्यकर्ताले कब्जामा लिएपछि नेकपाले सहिद स्मारक पार्क नजिकै स्मृति दिवस कार्यक्रम मनाएको नेकपाले जनाएकाे छ  । उक्त विरोधले प्रचण्डको कार्यक्रम रोकिएकाे थियाे भने विरोध कार्यक्रमपछि प्रचण्डको कार्यक्रम सुरु भएको छ ।

०६० साल साउन ३२ गते रामेछाप, दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बिमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ, रवि चौहान (समीर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ, जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर)सहित २१ जनाको बर्बरतापूर्वक हत्या गरेको थियो ।

‘जनयुद्धको अभीष्ट पूरा गर्ने लक्ष्यका साथ उहाँहरूले अन्तिम समयसम्म आफूहरू बलिदान दिएर पनि जनयुद्धलाई धोका नदिने निष्कर्षमा पुग्नुभयो । उहाँहरू हाम्रा आदर्श हुनुहुन्छ ।’ रामेछापस्थित नेकपाका एक नेता भन्छन्, ‘जीवनको भिक मागेको भए उहाँहरूले व्यक्तिगत जीवन बाँच्न पाउने सम्भावना थियो तर उहाँहरूले वर्गसंघर्षका सामु त्यसलाई त्यागिदिनुभयो र महान् बन्नुभयो ।’

आज तत्कालीन शाहीसत्ताले मच्चाएको कुख्यात दोरम्बा हत्याकाण्डको स्मृति दिवस हो । रामेछाप जिल्लाको पश्चिमी भूगोलमा पर्ने दोरम्बा डाँडाकटेरीको उच्च पहाडी भूभागमा २०६० साल साउन ३२ गते शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएको शाही सेनाका जल्लादहरूले सरकार–माओवादीबीच दाङको हापुरेमा संविधानसभालाई केन्द्र बनाएर भइरहेको वार्ता भंग गर्ने उद्देश्यले निहत्था माओवादी नेताकार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले नृशंश हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार