काठमाडौं । भाेलिदेखि लागू हुने मुलकी देवानी संहिता २०७४ एेनविरुद्ध सरकारी चिकित्सहरुले असहमति जनाएका छन्। एक वर्षअघि पारित भई कार्यान्वयनको चरणमा रहेको मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले बिरामी नजाँच्नेसम्मका चेतावनी समेत दिएका छन्।

सरकारी चिकित्सक संघ (गोदान) ले एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई अपराधी सरह व्यवहार गर्ने गरी फौजदारी कसुरमा कारबाहीको व्यवस्था गरेर कानुन बनाइएको भन्दै त्यसको विरोध गरेका छन्।

फौजदारी संहिता भदौ १ देखि कार्यान्वयनमा आउँदै छ। उक्त व्यवस्था संशोधन नगरी कार्यान्वयनमा आए भदौ एक गतेदेखि बिरामी नजाँच्ने उनीहरूले चेतावनी दिएका हुन्।

तर, फौजदारी संहितामा बदनियतपूर्ण र हेलचेक्र्याइँ गरी उपचार गर्दा ज्यान गए वा अंगभंग भएमा कारबाहीको व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार