प्रचण्डको पार्टीले १६ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन गएको बेला नेकपाका कार्यकर्ताले कालो झण्डा देखाएका छ । विप्लव नेतृत्वको नेकपाका कार्यकार्ताले पचण्डको पार्टीले दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन कुनै औतित्य नभएको भन्दै कालो झण्ड देखाएर नारावाजी गरेको जिल्ला जनपरिषदका प्रमुख विवेक लामाले जानकारी दिएका छन् ।

विप्लव नेतृत्वको नेकपाले बिहीबार रामेछापको दोरम्बामा भएको उक्त विरोध कार्यकममा नेकपाका कार्यकर्ता समर्थक र शुभचिन्तकहरुले सहिदको अपमान गर्न पाइदैन १, राजनीतिक दलाल प्रचण्ड — मुर्दावाद १, एकीकृत जनक्रान्ति — जिन्दावाद १, वैज्ञानिक समाजवाद — जिन्दावाद १, नेपाल कम्युनिस्६ पार्टी — जिन्दावाद १, वीर सहिद — लाल सलाम १ जस्ता नारा लगाउँदै कालो झण्डा देखाएका छन् ।

उक्त सहिद स्मारक पार्क प्रचण्डका कार्यकर्ताले कब्जामा लिएपछि नेकपाले सहिद स्मारक पार्क नजिकै स्मृति दिवस कार्यक्रम मनाएको नेकपाले जनाएको छ । उक्त विरोधले प्रचण्डको कार्यक्रम रोकिएराेकिएर केही समयपछि सुरु भएकाे थियाे । त्यसपछि त्यहाँ ब्याप मात्रमा सुरक्षा कर्मीसमेत परिचालन गरिएकाे थियाे।

तत्कालीन शाहीसत्ताले मच्चाएको कुख्यात दोरम्बा हत्याकाण्डको स्मृति दिवस हो । रामेछाप जिल्लाको पश्चिमी भूगोलमा पर्ने दोरम्बा डाँडाकटेरीको उच्च पहाडी भूभागमा २०६० साल साउन ३२ गते शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएको शाही सेनाका जल्लादहरूले सरकार–माओवादीबीच दाङको हापुरेमा संविधानसभालाई केन्द्र बनाएर भइरहेको वार्ता भंग गर्ने उद्देश्यले निहत्था माओवादी नेताकार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले नृशंश हत्या गरेका थिए ।

https://youtu.be/9i1k9bzBngk?list=UUxuHf0BqGeCkYx5vEAzFTcA&t=64

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार