वीरगन्ज – पर्सामा ससुरा र बुहारीको यौनसम्बन्धले परिवारभित्रै अपराध जन्माएको छ। हजुरबुवा र ठूलीआमाको अन्तरंग दृश्य देख्दा एक बालकले ज्यानै गुमाउनुपरेको रहस्य खुलेको हो।
प्रहरीले ३१ असारमा पर्साको बहुरदरमाईमा भएको आयोग साह हत्याकाण्डको रहस्य पत्ता लगाएको छ। एक महिना लामो प्रहरी अनुसन्धानबाट आयोगको हत्या उनकै हजुरबुवा ताराचन्द साह र बुहारी रितादेबी साहले गरेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले ३१ असारमा बहुरदरमाई नगरपालिकाको बैरिया बिर्तामा रहेको पोखरी नजिक आयोगको शब फेला पारेको थियो। उनको घरदेखि ३ सय मिटर पर रहेको बाँसघारी नजिक आयोगको शब फेला परेको हो।
पर्सा जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाएका ताराचन्द मृतक आयोगका हजुरबुबा र रितादेबी ठूलीआमा हुन्।
अनुसन्धान अधिकारीका अनुसार हत्याको कारण ससुरा(बुहारीबीचको अनैतिक सम्बन्ध हो। आयोगको शब फेला परेको स्थानदेखि नजिक रहेको बाँसघारीमा उनीहरुको सम्बन्ध भइरहेको बेला आयोग पुगेपछि उनको हत्या गरिएको अनुसन्धानमा खुलेको हो। प्रहरीसँगको बयानमा रितादेबीले हत्याको कारण खुलाएकी हुन्।
‘सम्पति र अबैध सम्बन्ध हत्याको कारण देखिएको छ’, पर्सा प्रहरी प्रमुख एसपी रेवती ढकालले भने, ‘आरोपीको भिडियो बयानसहितका सबुत अदालतमा बुझाएका छौं।mediadabali







