वामदेव गाैतमले फेरि केपी अाेलीबाट धाेका पाएका छन् । विगतमा केपी अाेलीलार्इ कदम कदममा साथ दिएका नेता गाैतमले फेरि अाेलीबाटै धाेका पाएका हुन्।

प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा वामदेव गाैतमलार्इ नियुक्त गर्नुपर्नेमा सुशील ज्ञवालीलाई नियुक्त गरेर अाेलीले धाेका दिएकाे चर्चा सत्ताधारी नेकपामा चलेकाे छ ।

पूर्व एमालेको र पूर्व माओवादी केन्द्रका मन्त्रीहरुको असहमतिका बाबजुद ओलीले मुन्त्री परिषदबाट ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेका थिए।

पुननिर्माण प्राधिकरण भन्दा शक्तिशाली विकास निर्माण प्राधिकरण निर्माण गरेर त्यसको नेतृत्व नेकपाका कुनै उच्च नेतालाई दिने आन्तरिक सहमति नेकपाभित्र थियो । त्यो जिम्मेवारीका लागि नेकपाका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले रुचि देखाएका थिए ।

उक्त विकास निर्माण प्राधिकरण निर्माण गर्नेमा पार्टीका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) पनि सहमत थिए। तर एकाएक प्रम अाेली उक्त निर्णयकाे विपरित गए ।

गत फागुन ३ मा ओली प्रधानमन्त्री नियुक्त हुनासाथ गौतमलाई ओलीले प्राधिकरण निर्माण र त्यसको नेतृत्वको जिम्मा दिने बाँचा गरेका थिए। प्राधिकरण गठन होला र त्यसको नेतृत्व आफूलाई दिइएला भन्ने कुरामा गौतम लामो समय आशावादी भएर बसे। तर गठन नगरिँदा गौतम विस्तारै असन्तुष्ट बन्न थाले। अन्तत: गौतमले ओलीबाट फेरि अर्को धोका पाएका छन्।

खासमा पुनर्निर्माण प्राधिकरण १२ वैशाख ०७२ मा आएको भूकम्पबाट क्षति पुगेका संरचनाहरुको पुनर्निर्माणका लागि निर्माण गरिएको निकाय हो।

कनिष्ट तहका सरकारी अधिकारी ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत बनाइएपछि कर्मचारीतन्त्रको असन्तुष्टिका कारण अघिल्लो कार्यकालमा सन्तोषजनक काम गर्न सकेका थिएनन्।

तिनै ज्ञवालीलाई पाँचौ कार्यकारी निर्देशक बनाएपछि नेकपाभित्र असन्तुष्टि चुलिएको छ। यसको चोट भने नेकपाका बरिष्ठ नेता वामदेव गौतमलाई परेको छ।तर मुलुकको तीब्र विकासका लागि अझ शक्तिशाली निकाय गठन गर्नुपर्ने र त्यसलाई रेलमार्ग, अन्य सडकमार्ग निर्माण लगायतको जिम्मेवारी दिने सहमति नेताहरुबीच थियो।

राजनीतिक व्यक्तित्व भएपनि विकास निर्माणका सम्बन्धमा चिन्तन गरिने भएकाले ओली र प्रचण्डले गौतमलाई यस्तो प्राधिकरण निर्माण गरेर त्यसको जिम्मेवारी दिने बचन दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार