शेरबहादुर देउवा नभएको मौका छोपेर उपसभापति विमलेन्द्र निधिले गरे यस्तो लाजैमर्दो हर्कत ! कांग्रेसभित्र चल्यो यस्तो हङ्गामा ! नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा नभएको मौका छोपेर काठमाडौंमा विशेष कार्यक्रम गरेका छन् ।
कार्यबाहक सभापति समेत रहेका निधिले नेपालका लागि भारतीय राजदूतावास लैनचौर नजिकै रहेको एउटा पार्टी प्यालेसमा बिहीबार कार्यक्रम गरेका हुन् । कार्यक्रममा सबै समूहका नेताहरू सहभागी भए पनि कृष्णप्रसाद सिटौला समूहको भने अनुपस्थिति रहेको थियो । कार्यबाहक सभापति निधिले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाममा कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको थियो । महामन्त्री डा.शशांक कोइराला र नेता विजयकुमार गच्छदारसहितका नेता कार्यक्रममा सहभागी थिए ।
स्रोतका अनुसार कांग्रेसका उपसभापति निधिले कार्यक्रम गर्न भारतीय राजदूतावासबाट पैसा लिएका थिए । ‘विमलेन्द्र निधिलाई भारतीय पक्षले कांग्रेसका भावी सभापति बनाउन चाहन्छ’, स्रोतले भन्यो, ‘निधिलाई कार्यक्रम गर्न भारतीय गुप्तचर संस्था ‘रअ’ले मोटो रकम दिएको छ ।’
भारतसँग निकट मानिने निधिलाई ‘रअ’ले ठूलो विश्वास गर्दै आएको छ । निधिमार्फत नै ‘रअ’ले नेपालमा आफ्नो गुप्तचरी संयन्त्र चलाउँदै आएको चर्चा कांग्रेसभित्र हुने गरेको छ । mediadabali
https://youtu.be/9i1k9bzBngk?t=88







