काठमाडाैं। पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो अण्डरपास आजबाट सञ्चालनमा आउने भनिएपनि अझै अन्योल देखिएको छ ।
चीन सरकारको अनुदान सहयोगमा कोटेश्वर–बल्खु–कलंकी चक्रपथ सुधार आयोजना अन्तर्गत यो अन्डरपास निर्माण गरिएको हो । ८ सय मिटर लामो चार लेनको अण्डरपासका ‘फिनिसिङ’को काम अझै सकिएको छन् । यसअघि असारको दोस्रो सातामै सञ्चालनमा ल्याइने तयारी भएपनि प्राविधिक कारण देखाउँदै सञ्चालनमा ढिलाई भएको हो । चिनियाँ युआन २१ करोड २० लाख अर्थात् नेपाली करिब पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।
दोस्रोचरणमा कलङ्कीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किलो मिटर सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यता पटक–पटक कलंकी अन्डरपास सडक सञ्चालनमा समस्या देखिएको छ । विभिन्न कारण देखाउँदै सडक सञ्चालनको मिति सारिंदै आएको छ ।
https://youtu.be/9i1k9bzBngk?t=88







