काठमाडौँ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधानको मर्म विपरित सरकारको रवैयालार्इ लिएर गरे फेरि एक ट्वीट गरेका छन्। उनले सरकारले राष्ट्रिय पोसाक तोक्नु विडम्बनापूर्ण र संविधानको मर्मविपरीत भएको बताएका छन् ।
सरकारले दौरा सुरुवाल र साडी चोलोलाई पुनः राष्ट्रिय पोसाक घोषणा गर्दै औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाक लगाउनुपर्ने बताएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।
यस्ताे छ ट्वीट:
‘व्यक्तिका निजी उपभोगका वस्तुमा स्वास्थ्य र सामाजिक मर्यादा अनुकुल हुनुपर्ने बाहेक अन्य बन्देज लगाउनु आधुनिक लोकतान्त्रिक मान्यता विपरीत हुन्छ । कम्युनिष्ट भनिने सरकारले अमुक लुगा लगाउनैपर्ने उर्दी जारी गर्नु विडम्बनापूर्ण मात्रै नभई संविधानको मर्मविपरीत पनि छ।







