एम के माझी
राजविराज । विवाह गरेर अभिभावकको साथ र सहयोग नपाएपछि तनावमा विष सेवन गरेका राजविराज–४ निवासी २४ वर्षिय जुनेद असगरको स्वास्थ्य अवस्था खतरा मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन ।असगरले विवाहको भोली पल्टै विष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन् ।
समाजको साथ पाएर विवाह गरेपनि अभिभावकको साथ र सहयोग नपाएपछि तनावमा देखिएका जुनेद विहीवार विहान विष सेवन गरी आत्महत्याको प्रयास गरेका थिए । उनलाई गम्भिर अवस्थामा स्थानियले उपचारका लागी स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गराएका थिए । अवस्थामा सुधार आए पछि उनलाई शुक्रवार इमरजेन्सीवाट जनरल कक्षमा सारिएको छ ।
उनको वुधवार सोहि वडाकी २२ वर्षिय मर्जिना खातुनसँग स्थानियको उपस्थितीका विच मुस्लिम धर्म रिती रिवाज अनुसार स्थानीय नुरी जामा मस्जिदमा विवाह समपन्न भएको थियो । आफुहरु विचको दुइ वर्ष लामो प्रेम सम्बन्धलाइ विवाहमा परिणत गराउन स्थानिय समाजले निकै मद्दत गरेको अस्पातालमा स्वास्थ्य लाभ गरिरहेका जुनेदले सञ्चारकर्मीहरुलाई सुनाए ।
आफुले मन पराएको केटीसंग विहे गर्दा अभिभावकले अश्विकार गरेपछि तनावमा आएर विष सेवन गरेको बताए । अस्पताल भर्ना भए पछि उनको पत्नी मरजिना हेरचारका लागी सगैं वसेकी छिन भने स्थानिय समाजका अगुवाहरु दिनहुँ भेटन आउने गरेका छन ।
आमा वुवा र दाजु भाइ कोही भेटन न आएको उनको दुखेसो छ । अभिभावकको असहमतिका बीच राजी खुशीले आफुले मन पराएको केटीसंग विवाह गर्दा नवविवाहिता पत्नीलाइ घर भित्रयाउन नसकेको वताएका उनले विवाहको पहिलो दिन पनि ससुरालीमै विताएका थिए ।
दोश्रो दिन घर जादाँ वुवा जवाद अहमदले घर र पसलको साँचो नदिदाँ तनावमा आएर विष सेवन गरेको उनले सुनाए । उनले सुरक्षित वातावरणमा पत्नीसंग घरमा वस्न पाउने व्यवस्था मिलाइ दिन समेत सवै संग आग्रह गरेका छन ।
https://youtu.be/9i1k9bzBngk?t=17







