एजेन्सी । आमा बुवालाई सधैं भगवानको दर्जा दिइएको हुन्छ। यो धर्तीमा हामीलाई आमा बुवाले नै साक्षात्कार गराउने हो। र यो धर्तीमा जीवन जिउन सिकाउने पनि आमा बुवा नै हो।
तर सोच्नुस त यदि आफ्ना आमा बुवाले नै आफ्ना सन्तानमाथि राक्षसको जस्तो व्यवहार गरे भने यो दुनिया के हुन्छ ?
केही दिन अगाडि आमा बुवाले आफ्नी सानी छोरीको भिडियो बनाएर त्यसलाइ पोर्नसाइटमा राखेको समाचार सार्वजनिक भएको थियो।
अहिले फेरि त्यस्तै प्रकारको घटना सार्वजनिक भएको छ। यस्तो घटना बेलायतको स्वान्जी भन्ने ठाउँमा सार्वजनिक भएको हो।
एक किशोरीलाई आफ्ना आमा बुवाले घरमा बन्धन बनाएर उनीमाथि बलात्कार गर्थे। त्यतिमात्रै होइन उनीहरु बलात्कार गर्दै गरेको फोटो खिच्थे।
आमा बुवाद्वारा बलात्कृति ती किशोरीमा मानसिक स्थिति निकै कमजोर भएको बताइएको छ।
यी किशोरीलाई उनका आमा बुवाले स्कुलपनि पठाउँदैनथे। उनीहरुले आफ्नी छोरीलाई घर बाहिर निस्किनसमेत दिँदैन थिए।
घटनाको अनुसन्धान गरिरहेका प्रहरीका अनुसार ती किशोरीकी आमाको मोबाइलबाट किशोरीका ७६ फोटो फेला परेका छन्।
जुन फोटोमा किशोरीका बुवाले उनलाई बलात्कार गरिरहेका छन्। र आमा छोरीमाथि शारीरिक शोषण गरिरहेकी छन्। यो विषयका सुनुवाई स्वान्जी क्राउन कोर्टमा भइरहेको छ।







