काठमाडौं । दुई छोरीलाई चर्पीको खाल्डोमा डुबाएर भागेकी ताप्लेजुङकी अनिता विकलाई प्रहरीले पक्राउ परेकी छन् । प्रहरीले उनलाई शुक्रबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।धरान जान लागेको सूचनाको आधारमा खोजी गर्दा उनलाई तरहरामा फेला पारेको ताप्लेजुङका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी दिए ।

अनिताले आफ्ना दुई छोरीलाई चर्पीको खाडलमा डुबाएर भाग्दा एकजनाको डुबेकै ठाउँमा र अर्कोको उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको थियो । प्रहरी र आफन्तले खोजी गर्दा उनी धरान जान लागेको सूचना पाएपछि पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । उनलाई आवश्यक प्रक्रिया पुर्‍याएर ताप्लेजुङ लगिने थापाले जानकारी दिए ।

onlinekhabar

https://youtu.be/9i1k9bzBngk?t=18

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार