भारतको बिहारको छपरा जिल्लामा एक व्यक्तिले आफ्ना बुवा र पत्नीमाथि यस्तो अरोप लगाएको छ जुन सुनेर प्रहरी पनि छक्क परेका छन्। यद्यपी ती व्यक्तिकी पत्नीले पतिको आरोप अस्विकार गर्दै मदिराको नशामा घर आउने र आफूलाई कुटपिट गर्ने गरेको बताएकी छन्।

यी युवकले प्रहरीमा दिएको उजुरी अनुसार उनले दुई वर्ष पहिला विवाह गरेका थिए। विवाह भएका दिनदेखि अहिलेसम्म उनले पत्नीसँग रात बिताएका छैनन्। विवाहपछि उनकी पत्नीलाई उनका बुवाले मन पराएका छन्।

यी युवकका अनुसार सुहागरातका दिन पनि आफ्नो सट्टा बुवा नै पत्नीसँग गएका थिए। पहिला त बेहुलीले विरोध गरिन् तर ससुराले फकाउन सफल भए। कयौं यो विषयमा विवाद हुन्थ्यो। विवाद धेरै बढेपछि पत्नी माइत जान्थिन्। भारतीय संचारमाध्यमका अनुसार युवककी पत्नी र बुवा एकसाथ एउकै कोठामा सु्त्छन्। त्यसको विरोध गर्दा पत्नीले आफूलाई सुसुराले माया दिएको र युवकसँग विवाह नै नभएको बताउने गरेकी छन्।

तर यी युवकले लगाएको आरोपलाई अस्वीकार गर्दै महिलाले आफूलाई मदिरा सेवन गरी आएर दैनिक पिट्ने गरेको बताइन्। आफूले उजुरी गर्दा गराएपछि आफूमाथि झुटो आरोप लगाएको उनले बताइन्। यो विषयमा प्रहरीले जाँच गरिहरेको संचारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार