१० दिनदेखि प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
महानगरिय प्रहरी परिसर टेकुमा हिरासतमा रहेका प्रवक्ता प्रकाण्डलार्इ रिहा गर्न सर्वाेच्चले अादेश दिएकाे हाे ।
बन्दी प्रत्यक्षीकरणको रिटमा आज २८ जना वकिलले रिटको पक्षमा वहस गरेपछि प्रकाण्डको पक्षमा निर्णय गर्दै प्रकाण्डसहित थुनामा रहेका अन्य दुई जनालाई पनि थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्चका ध्यायधिसद्धय चोलेन्द्र शमशेर जवरा र तेजबहादुर केसीको ईजलासमा ईजलास नं. २ मा बहस भएको थियो । उनीसँगै गिरफ्तार गरिएका कार्यालय सचिव हरिचन्द्र आचार्य ‘विमर्श’ र गाडी चालक मानबहादुर श्रेष्ठलाई पनि रिहा गर्ने आदेश दिएको हो ।
अदालतले आदेश दिएपछि थुनामा रहेका आचार्य र श्रेष्ठ थुनामुक्त भएका छन् भने प्रवक्ता प्रकाण्ड भने यतिबेलासम्म सर्वाेच्च अदालतका भित्रै छन् ।








