सन्तोष काफ्ले
सुनसरी। सुनसरीको धरानवाट सरकारी तथा गैर सरकारी छाप तथा स्टाम प्रयोग गरि नक्कली शैशिक प्रमाण पत्र तथा नागरिकता बनाउने गिरोह पक्राउ परेको छ ।
२सय २७ वटा विभिन्न सरकारी निकाय , सरकारी विद्यालय तथा विश्व विद्यालयहरुका स्टाफ सहित धरान २ मा सञ्चालनमा रहेको मिक कम्युटर प्रालि वाट गिरोहका ४ जना पक्राउ गरेको हो । प्रहरीले बिहिबार राती स्ट्रिगं अप्रेशन गरि मिक कम्प्युटर प्रालिका निर्देशक नेपाली कांग्रेसका महासमिति सदस्य राजकुरा थोप्रा लिम्बु, नेकपा एमालेका सुनसरी क्षेत्र नम्बर १ का सदस्य राम सेवा तथा प्राली प्राविधिक सहयोगी धरान १५ का विर ध्वज लिम्बु र धरान ८ का सरोज योङहाङलाई नियन्त्रणमा लिएको हो ।

संघीय इकाई प्रहरी कार्यलय धरानका डिएसपी भिम दाहलको नेतृत्वको टोलीले मिक कम्प्युटर मा स्ट्रिगं अप्रशन गरि प्रालिवाट किर्ते गरि बनाईका विभन्न विद्यालयतथा कलेजका सर्टिफिकेट, नगारिकता तथा कम्प्युटर समेत बरामत गरेको छ । साथै प्रहरीले मिक कम्प्युटर प्रालिमा प्रहरीले सिलबन्दी समेत गरेको छ । पक्राउ परेको राम सेवा सहितको यो गिरोह लामो समय देखी नक्कली नागरिता सर्टिफिकेट बनाउदै आएको प्रहरीले जनाएको छ ।









