आजकल अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरु यात्रुलाई राम्रो भन्दा राम्रो सुविधाहरु दिएर आकषिर्त गर्न लागिपरेका छन् । एउटा यस्तो एयरलाइन्स कम्पनी पनि छ जसले आफ्ना यात्रुलाई यौन सम्पर्क राख्ने अवसर प्रदान गरिरहेको छ ।
अमेरिकाको प्राइभेट एयरलाइन्स कम्पनी फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरिरहेको हो । कम्पनीले सन् २०१३ मा माइल हाई क्लब नामबाट यो सेवा सुरु गरेको हो । यो सेवा प्राप्त गर्नका लागि यात्रुले जोडीको ४९५ डलर शुल्क तिर्नुपर्दछ ।
कम्पनीले बितेका वर्षहरुमा हजारौँ जोडीहरुलाई सहयोग गरिसकेको फ्लेमिंग एयरका सिइओले जनाएका छन् । यसमा प्राइभेट प्लेन मा बीचको सिट हटाएर एउटा बेड बनाइएको छ । सन् २०१६ देखि फ्लेमिंगोलाई अर्को कम्पनी लभ क्लाउडलाई टक्कर दिइरहेको छ आफ्नो गज्जबको सेवाका कारण । लभ क्लाउडले नयाँ जोडीका अलावा पाका जोडीहरुलाई पनि आफ्नो सेवा दिन्छ । साथै विवाहको वर्षगाँठ आदिमा पनि यसमा विशेष व्यवस्था हुन्छ ।
https://youtu.be/9i1k9bzBngk?t=209







