धनुषा भाद्र १। जनकपुरमा विद्युत प्राधिकरणका कर्मचारीले २५ वर्षीया महिला बलात्कार गरेका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडारा–३ का ४१ वर्षीय रामरोहित मण्डलले सुरुङ खनेर घरभित्र पसी मुख थुनेर बलात्कार गरेको पीडित महिलाले बताइन् । पति वैदेशिक रोजगारीमा रहेको तीन छोराछोरीसँग सुतिरहेको मौका छोपी कर्मचारीले बलात्कार गरेको पीडितको भनाइ छ ।
‘घरमा विद्युत जडान गर्न निवेदन दिएकी थिउँ, दुई दिनअघि कर्मचारी आएर मिटर जडान गर्न भन्दै घरको सबैतिर हेरेर गए र राति सुरुङ खनेर बलात्कार गरे,’ पीडितले भनिन्, ‘घटनाको दुई दिन बित्दा समेत प्रहरीले आरोपी समातेनन् ।’
दोषी कर्मचारी पक्राउ नपरेको भन्दै स्थानीयले प्रहरी चौकी घेरेका थिए । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपालियाले आरोपीलाई सोधपुछ गरिएको तर बलात्कार गरेको पुष्टि नभएपछि छाडिएको बताउनु भयो । tokhadonline
https://youtu.be/9i1k9bzBngk?t=209







