सोचेको पूरा भयो, बाल गायक अशोक दर्जीको । कसैले सोचेको पनि थिन होला कि अशोकको चर्चा यति धेरै र यति लामो हुन्छ भने । सडकमा गीत गाउँदै हिड्ने बालक युटुब मार्फत भाईरल भए, सर्वाधिक चर्चामा रन सफल मन बिनाको धन गाए । उनको नाममा अनेक बिवादहरु पनि भए । जे भयो अशोक दर्जीको चर्चा नै भयो ।
अब फेरी अशोक दर्जी चर्चा एक चरण चुलिने छ। कारण ४ गत उनको घर हस्तान्तरण कार्यक्रम रहेको छ । जहाँ देशका चलेका कलाकार देखि राजनीतिक क्षेत्रका व्यक्तिहरु उपस्थित हुँदैछन् । साँस्कृतिक कार्यक्रमका बिच देश तथा बिदेशमा रहेका नेपालीहरुको सहयोगमा बनेको अशोकले आफु र आफ्नो परिवार बस्ने घर पाउँदैछन् ।
यतिबेला अशोकका फ्यानहरु देश देखि बिदेशहरुमा धेरै रहेका छन् र त्यो दिनको प्रतिक्षा सबैलाई छ । यसैबिच एउटा भिडियो झापाबाट आएको छ । यो लाईभ भिडियोमा अशोकलाई गीत गाउने अवसर दिने टंक बुढाथोकीको दाई टिकारामले गाउँले र अशोकको बुवा सँग कुरा गरेका छन् ।
https://youtu.be/zR6qynwYKcU
https://youtu.be/9i1k9bzBngk?t=209







