पोखराको फेवातालको ड्यामवाट हाम फालेर एक युवती वेपत्ता भएकी छन । दिउँसो करिव पौने २ वजेतिर कलेज ड्रेस लगाएकी एक छात्रा हाम फालेको ड्यामसाईडमा माछा मार्दे गरेका प्रत्यक्षदर्शीले बताएका छन । घटना स्थलवाट प्रहरीले विद्यार्थी परिचयपत्र, माला, घडी र २० रुपैया समेत फेला पारेको छ ।
परिचय पत्र सँगै भेटिएका अन्य समानहरुको आधारमा पोखराको रत्तनचोक स्थित सवलाइम सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत दिपा कुवँरले त्यहाँवाट हाम फालेको हुन सक्ने आशंका गरिएको छ । एक युवती हामफालेको भन्ने सुचना पाउनासाथ घटना स्थलमा पुगेको कास्की प्रहरीले उद्धारको कार्यलाई अगाडी बढाईरहको छ यद्यपी योस समाचार तयार पार्दा सम्म हाम्फाल्नेको कुनै पत्तो लागेको छैन ।







