नेपाल इन्जिनियरिङ एसोसिएसनको टोली शुक्रबार भक्तपुरको ठिमीस्थित शंखधरचोक पुग्यो। हालै सार्वजनिक तथ्यांकअनुसार उपत्यकामा जेब्राक्रस पार गर्दैगर्दा पैदलयात्रु सबैभन्दा बढी दुर्घटनाको सिकार भएको चोक हो यो।

सोही कारण अध्ययनका लागि टोली त्यस ठाउँमा पुगेको थियो । टोलीले ६ लेनको सडकमा नक्सा कोर्‍यो र दुर्घटनाको कारण खोजी गर्‍यो।

टोलीमा वरिष्ठ इन्जिनियर सागर वन्त र वातावरणविद् भूषण तुलाधर थिए। स्थानीय, ट्राफिक प्रहरी, सवारी चालक र सडकको अवस्था बुझ्दा ट्राफिक आइल्यान्ड नबनेका कारण दुर्घटना बढेको तथ्य भेटियो। शंखधर चोक पार गर्न पैदल यात्रुले २८ मिटर सडक पार गर्नुपर्छ।

चोकको अवस्था अध्ययन गरेपछि टोलीले हरिहर भवनमा रहेको एसोसिएसनको हलमा छलफल कार्यक्रम आयोजना गरेको थियो । छलफलका क्रममा काठमाडौंका फराकिला सडक र त्यसले समेट्न नसकेको पक्षमाथि भएको थियो। सडक सुरक्षा, साइकल मैत्री सडक र सम्पदा क्षेत्रमा पैदलमार्ग बनाउने सकिने वातावरणविद् तथा इन्जिनियरहरूको राय थियो। उनीहरूले काठमाडौंमा ठूला सडक निर्माण गर्दा इन्जिनियरिङ पक्षलाई नहेरिएको बताए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार