काठमाडाैँ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीकाे नाम केही दिन अघि संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेपछि फेरि प्रधानन्यायाधी पदका लागि चर्चा सुरु भएकाे छ।
सर्वाेच्चमा रहेका न्यायाधीशहरुकाे लाइनमा वरिष्ठतम न्यायाधीश जाेशी पछि अाेम प्रकाश मिश्र रहेकाे छन्। वरिष्ठतम न्यायाधीश जाेशी पछि मिश्र रहेकाेले कानुन अनुसार उनी अहिले कायमुमुकाय प्रधानन्यायाधीशकाे रुपमा काम गरिरहेका छन्। उनैलार्इ प्रधानन्याधीश बनाउने चर्चा चलेपनि नेकपाका अध्यक्ष प्रचण्ड भने अन्तारिक रुपमा असन्तुष्टि जनाउँदै मिश्रलार्इ अायाेग्य ठहराउन विभिन्न याेजना बनाइरहेकाे छन्।
स्राेतका अनुसार जाेशी लाई संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गर्ने योजनामा उपेन्द्र महतो र प्रचण्डलगायतको टोली सफल भएपछि अब उनीहरू मिश्रलाई पनि प्रधानन्यायाधीश बन्न नदिन सक्रिय भएर लागिरहेका छन्।
जोशीलाई पन्छाएर चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश बनाउने योजनामा रहेका प्रचण्ड–उपेन्द्रको टाेलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाउँन विभिन्न उपाय लगाइरहेका छन्।
प्रधानमन्त्री ओली अब अदालतलाई थप विवादमा आउन नदिन कटिबद्ध रहेको र, मिश्रलाई नै प्रधानन्यायाधीश सिफारिस गर्नु उपयुक्त हुने पक्षमा रहेका छन्।
तथापि ओलीलाई मनाउन प्रचण्डबाट अनेकौँ प्रयास भइरहेको स्राेतकाे भनाइ छ । शुरुमा प्रचण्डहरूले मिश्रको पनि शैक्षिक प्रमाणपत्रको विषयलाई विवादमा ल्याएर वातावरण बनाउन खोजेका थिए । उक्त ‘हतियार’ काम नलाग्ने देखिएपछि प्रचण्डले केपीलाई ‘ओमप्रकाश भारतनिकटको व्यक्ति भएको र उनलाई प्रधानन्यायाधीश बनाइँदा सरकारलाई काम गर्न निकै अप्ठ्यारो पर्न सक्ने’ भन्दै मिश्रविरुद्ध भड्काउने प्रयास गरिरहेका छन् । तर, प्रधानमन्त्री ओली अब अदालतलाई थप विवादमा आउन नदिन कटिबद्ध रहेको र, मिश्रलाई नै प्रधानन्यायाधीश सिफारिस गर्नु उपयुक्त हुने पक्षमा भएको बताइन्छ ।
प्रचण्ड र उपेन्द्र महतोको चल्यो भने चोलेन्द्रशमशेर प्रधानन्यायाधीश बन्ने सम्भावना जति छ, उनीहरूको सुनुवाइ ओलीबाट नभएमा मिश्र नै आगामी पुस १७ गतेसम्मका लागि प्रधानन्यायाधीश बन्नुहुने निश्चित मानिएको छ ।







