यी राज्यमन्त्रीले दिए प्रधानमन्त्री ओलीलार्इ यस्ताे खुल्लमखुला च्यालेन्ज ! ओलीको गयो सातो ? प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज सम्बोधन गर्दै छन् । प्रम अाेलीकाे सम्बाेधनलार्इ साेही प्रदेशका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन समय अनुकुल नरहेकाे बताए। उनले भने,’ ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको छ।’

उनले थप्दै लेखे,‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार