काठमाडौं – केही एनजिओकर्मी युवती र महिलाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
पश्चिमा राष्ट्रहरूको उक्साहटमा युवती र महिलाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरूले बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गरेका छन् ।
युवती र महिलाहरूले अर्धनग्न भएर प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरूमा महिला, युवती, तेस्रो लिंगी र पुरुषसमेत थिए ।
उनीहरूले कालो रंगको पेटिकोटले शरीर छोपेका थिए । भिडियो र डोनेशन दिने पश्चिमा राष्ट्रहरूको ध्यान खिच्न उनीहरूले पेटिकोट लगाएर अन्धनग्न प्रदर्शन गरेका हुन् ।
पक्राउ पर्नेमा ‘जयनारी अभियान’की सावित्री सुवेदी, रिया भण्डारी लगायतका रहेका छन् । तेस्रो लिंगी सन्ध्या लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यो पनि पढनुहोस :
बलात्कारी अब जेलमै सड्ने, कांग्रेसका सांसदको दबाबपछि बन्दैछ यस्तो कडा कानून !
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट शासनमा एकपछि अर्काे बलात्कारका घटना भएपछि कांग्रेसले सुरक्षाको प्रत्याभूति गराउन अर्काे विरोध गरेको थियो । कांग्रेसका महिला सांसदले संसदमै कडा शब्दमा सरकारको आलोचना गरेका थिए ।
जसले प्रतिफल सरकारले बलात्कारका दोषीलाई कडा कारवाही गर्ने कानून बनाउन सुरु गरेको छ । सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ ।
बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुुगी छलफलमा रहेको महिला, बालबालिका तथा समाजक कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिइन् ।
समाजमा महिला र बालिकामाथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन काराबास सजायको व्यवस्थासहित कानून संशोधन गर्न लागेको उनले बताइन् ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारे जानकारी दिँदै १० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन काराबास हुने गरी कानूनमा संशोधन गर्न लागेको बताइन् ।
समितिको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदले बलात्कारीलाई कडाभन्दा कडा कानून ल्याई सजाय गर्न माग गर्ने व्यवस्था गर्न सरकारलाई सुुझाव दिएकी थिइन् । बैठकमा अधिकांश सांसदले समाजमा महिला र बालिका असुरक्षित बन्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
बालिकामाथि बलात्कार र बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनाएको उल्लेख गर्दै महिला सांसदहरुले बलात्कार नियन्त्रण गर्न बलात्कारीको लिंग छेद्न गर्ने, फाँसी दिने वा आजीवन काराबास गर्ने जनदबाब आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले कडा सजाय र कानूनले मात्र बलात्कारका घटना रोकिन गाह्रो हुने बताउँदै बलात्कार घटना रोक्न नागरिकस्तरमा जनचेतना बढाउनुपर्ने तथा स्थानीय सरकार बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।
बलात्कारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन भएमा समाजमा विकृति फैलाउने घटना नियन्त्रणमा आउन सक्ने विश्वास व्यक्त गरे । सांसद गंगा चौधरी, पवित्र निरौला, लक्ष्मी परियार, विमला विश्वकर्मा, विमला नेपाली, कलिला खातुनलगायतले बलात्कारीलाई कठोर दण्ड सजायको व्यवस्था गर्नका साथै आजीवन जेल चलान गर्नुपर्ने माग गरे ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको भावी कार्ययोजनाका सम्बन्धमा पनि छलफल भएको थियो । सो अवसरमा सांसदले समाजमा महिलाविरुद्ध हिंसाको घटना बढीरहँदा महिला मन्त्रालय र महिला आयोगले सोचेअनुरुप प्रभावकारी रुपमा काम गर्न नसकेको गुणासो गरे ।







