गायिका ज्योति मगर तीज पर्वलाई लिएर निकै उत्साहित हुने गर्दछिन् । ब्रत बस्ने भन्दा पनि दर कार्यत्ररमहरुमा जानु उनलाई रमाईलो लाग्छ । तीजको लागि उनले अर्की गायिका भुमिका गिरीसँग मिलेर बिकृती नामक गीत पनि बजारमा ल्याएकी छिन् । जुन निकै चर्चित बनिरहेको छ । ज्योती र भुमिका एक अर्कालाई दीदी बहिनी सम्बोधन गर्दछन् ।
यसैबिच नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुराकानी गर्दै ज्योति र भुमिकाले आफ्ना भित्री रहस्यहरु खोलेका छन् । ज्योतिले तीजको दरमा साथीहरुसँग बसेर रक्सी खाने खुलाएकी छिन् । ज्योतिको लभ सम्बन्धको बारेमा भुमिकाले मुख खोलेकी छन् । यस्तै अन्तर्वार्तामै शिशिरसँग दुई गायिकाले घमासान दोहोरी पनि खेले ।

समय समयमा बिभिन्न कारणले बिवाद र चर्चामा आउने ज्योति निकै राम्रो कमेडी पनि गर्दछिन् । गीतको छायाँकनका क्रममा भएको निकै नै रमाईला क्षणहरु सम्झदै ज्योतिले आफु छायांकनमा समयमा पुगेको तर भुमिकाले ढिलो गरेको खुलाई भिडियो हेर्नुोस । nepalibhumi

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार