नेपालमा पहिलो पटक ब्याट्रिबाट चल्ने र्इ–बस सेवा संचालन हुने भएको छ। उक्त बस अागामी ३ महिना भित्रैमा काठमाडाैंमा सूचारू हुनेछ।
चिनियाँ सिएनसी ब्राण्डले निर्माण गरेको र्इ–बस इन्टरनेशनल ग्रिन डेभ्लोपर नेपाल लिमिटेडले संचनलनमा ल्याउने भएको हो। इन्टरनेशनल ग्रिन डेभ्लोपर नेपाल लिमिटेडले गोरखा इको प्याजलको उत्पादक समेत हो। कम्पनीको अनुसार पहिलो चरणमा र्इ–बस काठमाडाैंमा मात्र संचालन हुनेछ। त्यसपछि देशभर संचालन हुनेछ।
यस बसको अाधिकारिक बिक्रेता गोरखा इको प्यानल हुनेछ। यसको लागि गोरखा इको प्यानल र सिएनसीको सम्झाैता भइसकेको छ। गोरखा इको प्यानलको सिइअो कृष्ण भक्त दुलालको अनुसार उक्त बस ३ महिना भित्र संचालमा अाउनेछ।
सिइअो दुलालले भने, ‘हामी अावश्यक तयारी पुरा गर्दैछाैँ। हामीले सकेसम्म छिटो गर्ने प्रयास गरिरहेका छाैँ। हामीले बस कुन रूटमा संचालन गर्दा उचित होला भनेर अध्ययन गरिरहेका छाैँ।र, लोकेसन र चार्ज स्टेसनका लागी पनि अध्ययेन भइरहेको छ।’
बसलार्इ पूर्णरूपमा चार्ज हुन ३ घण्टा लाग्छ। र, चार्ज भइसकेपछि २५० सम्म चल्ने क्षमता छ। कम्पनीले पहिलो चरणमा दुर्इ प्रकारको बस संचालनमा ल्याउने योजना बनाएको छ। एउटा बस करिब १०.५ मिटरको लम्बार्इ हुनेछ, जसमा ४० वटा सिट हुनेछ र यात्रु क्षमता ९० रहेको छ।
अर्को बसको लम्बार्इ ६ मिटर लामो हुनेछ, जसमा १५ वटा सिट हुनेछ र यात्रु क्षमता भने ३५ रहनेछ। नेपालमा प्राइभेट इलेक्ट्रिकल कार जापान र कोरियाबाट पहिलै संचालनमा अाइसकेको भए पनि पब्लिक गाडी भने पहिलो पटक संचालनमा ल्याइन लागेको हो।







