कांग्रेसकाे प्रश्न–सरकार कतै संघीयता असफल गराउन त प्रयत्नशील छैन?विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधिलाई हेर्दा वर्तमान सरकार संघीयतालाई कमजोर बनाएर असफल बनाउन प्रयत्नशील त छैन भन्ने आशंका उत्पन्न भएको बताएको छ।
पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘संघीयतालाई कमजोर बनाउने, त्यसपछि जनमतविरुद्धमा खडा गरेर अन्तिम संघीयतालाई असफल बनाउने प्रयत्नमा त लागेको छैन भन्ने प्रश्न उब्जिएको छ।’
शर्माले कर्णाली र गण्डकी प्रदेश बाहेकका प्रदेशको नामांकरण अझै हुन नसकेको भन्दै शर्माले भने,‘मुख्यमन्त्रीहरुले आसन पायौं। शासन पाएनौं भनिरहेका छन्। कतै संघीयतालाई फेल गराउने काममा त सरकार प्रयत्नशील छैन, शंका उत्पन्न भएको छ।’
शर्माले वर्तमान सरकार लोकतन्त्रको सवालमा चुकेको आरोप लगाए। ‘प्रधानमन्त्रीले १० वर्ष जेल बसेर आएको हुँ। निर्वाचनको प्रक्रियाबाट निर्वाचित भएर आएको हुँ । भन्ने जस्ता शास्त्रीय कुरा गरिरहनुभएको छ।,’ शर्माले भने,‘जसरी प्रतिपक्षीका आवाजलाई दबाउने काम सरकारले गरिरहेको छ। यसले सरकारको लोकतान्त्रिक चरित्र देखिन्न।’
उनले प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले गरेका कामको आफूले जस लिन खोजेको पनि बताए। शर्माले सरकारले विकेन्द्रीकरण भ्रष्टाचारको गर्न खोजेको आरोप पनि लगाए।
pathibharanews बाट
https://youtu.be/9i1k9bzBngk?t=478







