काठमाडौं – सुरक्षा अवस्थालाई गम्भीर चुनौती दिँदै बम आक्रमणकारीले ४० जनाको ज्यान जाने गरी अफगानिस्तानमा हमला गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलस्थित ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् ।
अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ ।
विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरी छन् । उनीहरू विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए । दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।
त्यसैगरी, पूर्वी बागलन प्रान्तमा भएको अर्को छुट्टै आक्रमणमा कम्तीमा ४४ जना सुरक्षाकर्मीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले ९ प्रहरी र ३५ सेना मारिएको उल्लेख गरेको छ ।
अफगानिस्तानको सिया समुदाय पटक–पटक सुन्नी मुस्लिमहरुको आतंकवादी समूह स्लामिक स्टेटको निशानामा पर्दै आएका छन् । सिया समुदायले स्वधर्म नष्ट गरेको आक्रोशमा उनीहरूले कैयनको ज्यान लिइसकेका छन् । (एजेन्सीबाट)mediadabali







