विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले यही भाद्र १ गतेबाट ४ महिने ‘संगठन सुदृढीकरण तथा विस्तार’ अभियान शुरू गरेकाे छ ।
याे अभियान देशैभर नेकपाले शुरू गरेकाे छ । यसै क्रममा नेकपा तनहुँले शुरू गरेकाे अभियानमा विदेशी पर्यटकहरू समेत नेकपका नेता कार्यकर्ताहरूसँग अभियानमा सहभागी भएर रमाइलाे गरेका छन् ।
तनहुँमा अायाेजित नेकपाकाे अभियानमा विदेशी पर्यटकहरू सहभागी भएका हुन् । हेर्नुस् भिडियाे –
https://www.facebook.com/bullet.karki/videos/1892164780865310/
नेकपाले शुर गर्यो ४ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान, स्थानीयको उत्हासपूर्ण सहभागिता
नेपाल कम्युनिस्ट पार्टीले ४ महिने अभियान सुभारम्भ गरेकाे छ । केन्द्रीय अभियानअन्तर्गत नेकपा पूर्वी कमाण्डले ‘सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान’को उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ ।
भाद्र १ गते उक्त कमाण्ड अन्तर्गत पर्ने सिन्धुलीको हरिहरपुरगढी नगरपालिका २ झनझनेमा एक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ ।
१ र २ नं. अभियान टिमको उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सदस्य हितमान पनि उपस्थित थिए ।
उक्त अभियानको उद्घाटन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपनि ठूलो संख्यामा नेकपाका कार्यकर्ता र जनताको उपस्थितिले गर्दा प्रहरीले हस्तक्षेप गर्न नसकेको नेकपाको पूर्वी कमाण्ड कार्यालयले जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले हँसिया हथौडा अंकीत झण्डा केन्द्रीय सदस्य हितमानलाई दिएर अभियानको उद्घाटन गरेका थिए ।
कार्यक्रम संचालन तिर्थ राईले गरेका थिए भने अध्यक्षता कुमारले र हरिकृष्णले स्वागत भाषण गरेका थिए ।
यसैगरी ३ र ४ नं. टोलीले अभियानको उद्घाटन कार्यक्रम सप्तरीको सिसबारमा सम्पन्न गरेको छ । नेकपाका केन्द्रीय सदस्य निर्मलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम शशि राईको अध्यक्षता र प्रतिकको संचालनमा सम्पन्न भएको हो । यसैगरी ६ नं. टोलीले अभियानको उद्घाटन कार्यक्रम मोरङको लेटाङमा सम्पन्न गरेको छ ।
नेकपाका नेता पुस्करको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको अध्यक्षता संगिनले गरेको थिए भने संचालन जोखिम र स्वागत भाषण प्रज्वलले गरेका थिए ।
यसैबीच नेकपाको पूर्वी कमाण्डले अभियान संचालनको लागि दिशानिर्देश गर्ने उदेश्यले २५ बुँदे ‘अभियान निर्देशिका–२०७५ जारी गरेको छ ।







