काठमाडौं झापा केर्खाको बिवाहित पुरुष धन बाहादुर लिम्बु सङ सुनिता राइ को असामान्य सम्बन्ध रहेको कुरा धने लिम्बुको श्रीमतीले थाहा पाए पछि दुबै जनालाई सुगुर मार्ने भालाले हानी सक्त आक्रमण गरेको थियो ।त्यस आक्रमणमा सुनिता राइको तत्काल मृत्यु भएको थियो भने केटा धने सक्त घाइते भएर अहिले धरान घोपा अस्पतालमा अचेत अवस्थामा उपचार भैरहेको छ ।साथै हत्यारा रिता लिम्बु हाल प्रहरी नियन्त्रणमा रहेको जानकारी छ
।काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उपचारको क्रममा मृत्यु भएका एक सशस्त्र प्रहरी जवानको श्रीमतीलाई बीमा वापतको २ लाख रुपैयाँको चेक प्रदान गरेको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक संजयविक्रम राणा तथा सो वीमा कम्पनीका प्रमुख डा. प्रणव सेनले भाद्र ३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी जवान स्व. अर्जुन बस्नेतकी श्रीमती विष्णुलक्ष्मी कार्कीलाई उक्त चेक प्रदान गर्नुभएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय मोरङ्ग नम्बर १ बाहिनीमा कार्यरत निज सशस्त्र प्रहरी जवान स्व. बस्नेत गत जेठ २३ गते झापा जिल्लाको अर्जुनधारा नगरपालिका ८ स्थित एक होटलको छतबाट खसेर घाईते भएका थिए । त्यसपछि उनलाई उपचारको लागि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकली सुनसरीमा लगिएको त्यहाँ उपचार हुन नसकेपछि बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएकोमा जेठ २४ गते उनको मृत्यु भएको थियो ।नेपाल इन्स्योरेन्स कम्पनि लिमिटेड र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा २०७४ पौष ६ गते सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीको एक वर्षे जीवन बीमा गरिएको थियो । गोताखोर तालिम प्राप्त गरेका निज सशस्त्र प्रहरी जवान स्व. अर्जुन बस्नेत विपदको पूर्व तयारी तथा खोज उद्धार सम्बन्धि अनुशिक्षण तालिमको लागि प्रशिक्षकको रुपमा उक्त स्थानमा खटिएको वेला सो दुर्घटना भएको थियो chautarionline.com







