कपिलवस्तुमा एक युवती उपचार गर्न जाँदा मेडिकलमै बलात्कृत भएकी छन् । कृष्णनगर नगरपालिका वडा नं. २ की २३ वर्षीया एक युवतीलाई मेडिकल सञ्चालकले बलात्कार गरेका हुन् । स्थानीय एक मेडिकलमा स्वास्थ्य उपचार गर्न पुगेकी उनलाई मेडिकल संचालक अब्दुल आरिफ खानले बलात्कार गरेर फरार भएका प्रहरीले जनाएको छ ।
खानले मेडिकलसँगै रहेको एक रेष्ट रुममा लगेर बलात्कार गरेका हुन् । आरोपी खानको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी भारत तर्फ गएको आशंका गरिएको छ । घटनापछि उक्त मेडिकल बन्द रहेकाले थप अनुसन्धान गर्न र घटनास्थलको मुचुल्का समेत बनाउन नपाइएको प्रहरीले जनाएको छ । laligurash.com
https://youtu.be/9i1k9bzBngk?t=478







