स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ ।
तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ ।
गत आर्थिक वर्ष ०७४–७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले १ खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा थप ५५ अर्ब कर उठायो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेपाल आयल निगमका अनुसार नेपालमा बर्सेनि २० प्रतिशतका दरले पेट्रोलियमको खपत बढ्दै गएको छ । निगमले गत आर्थिक वर्ष ०७३/७४ मा २ खर्बभन्दा बढीको इन्धन कारोबार गरेको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।
त्यसमध्ये इन्धन बिक्रीकर्ता भारतीय आयल कर्पोरेसन ९आइओसी०लाई मात्र करिब १ खर्ब ५२ अर्ब रुपैयाँ भुक्तानी गरेका छौँ,’ उनले भने, ‘राज्यलाई विभिन्न शीर्षकमा करबापत थप ५५ अर्ब दिएका छौँ ।’ आयात परिमाण बढेकै कारण इन्धनमा नेपालीले गर्ने खर्च पनि बढ्दै गएको हो ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर १११ रुपैयाँ भएको छ भने डिजेल र मट्टतिेलको मूल्यमा क्रमश: २/२ रुपैयाँले बढेको छ। अब उपभोक्ताले यी दुबैका लागि प्रति लिटर ९५ रुपैयाँ खर्च गर्नुपर्नेछ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ बढाएको निगमले अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ । खाना पकाउने ग्यासमा भने नुगमले मूल्य बढाएको छैन्।
नयाँ मूल्यसूचि सोमबार राति १२ बजेबाट लागू हुनेछ। आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूचि अनुसार मूल्य समायोजन गरेको हो ।
नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा भएपनि डिजेल र मट्टीतेलतमा भने ७० पैसा घाटा छ ।
मूल्य बढाउँदा पनि नेपालमा हाल पेट्रोल भारतको सीमा क्षेत्रभन्दा पेट्रोल २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सस्तो पर्न आउँछ ।
निगमले मूल्य समायोजनपछि पनि प्रति महिनामा १४ करोड ४२ लाख घाटा रहेको जनाएको छ।







