विभिन्न माग राख्दै काठमाडौंमा पछिल्लो समय नाङ्गो प्रदर्शन भइरहेका छन् ।
सिंहदरबार अगाडि एक पुरुषले नाङ्गो प्रदर्शन गरेको भोलिपल्ट माइतीघर मण्डलामा महिलाहरूले अर्धनग्न प्रदर्शन गरे । दुवै आन्दोलन सरकारविरुद्ध थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा नाङ्गै आन्दोलन गर्ने अरुको इशारामा आएको बताएका छन् । उनले ती मान्छे विषयवस्तु बुझेर विरोधमा उत्रिएका नभइ कसैले विरोध गर्नुपर्छ भनेका कारण लागेका बताएका छन् ।

आईतबार राजधानीमा सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराको संशोधन गर्दै जाने बताए । उनले संविधान पालना गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।
नाङ्गो प्रदर्शन गर्नेका माग पूरा गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्रीले केही पनि बोलेनन् । अरुको इशारामा भएको आन्दोलन भनेर प्रधानमन्त्री ओलीले माग पूरा नगर्ने संकेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार